हसाउने कबिता “मेरो गजल”

– बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
  
म गजल लेख्दै थिए तर 
मेरो “गजल” गजल नभएर चुट्किला बन्न पुगेछ |
म भावुक भएर गजल सुनाउदै थिए तर 
ऊ मेरो गजल न सुनी उल्टै मेरो टाउको मा दुई वटा फुडकिला बनाउन पुगेछ |
म रन्थनिदै तोरिको फुल देख्न पुगेछु 
गल्ती भए माफ पाउँ भन्दै पाउ पर्न पुगेछु | 
मेरो गजल भएनछ क्यारे मैले सोचे जस्तो 
तपाईंहरु पनि सुन्नुहोस न ल मेरो गजल थियो यस्तो |
जब ढुङ्गा पानी मा खस्छ ? “वाह-वाह्-वाह्-वाह्” 
जब ढुङ्गा पानी मा खस्छ ?? “वाह-वाह्-वाह्-वाह्”
जब ढुङ्गा पानी मा खस्छ ???
उसले भन्यो- ओए यती मात्रै होकी अरु पनि केही भन्छ ?
म डराउदै भने जब ढुङ्गा पानी मा खस्छ “चुब्लुङ” हुन्छ |