लिम्वुवान र प्रशासनबीच सहमति भएपछि चार दिनपछि पूर्वाञ्चल बन्द खुल्यो

ताप्लेजुङ  । आन्दोलनरत संघीय लिम्वुवान राज्य परिषद् र स्थानीय प्रशासनबीच सहमति भएपछि चार दिनपछि पूर्वाञ्चल बन्द खुलेको छ । स्थानीय प्रशासनले पक्राउ परेका परिषद्का कार्यकर्तालाई छाड्ने आवश्वासन दिएपछि बन्द खुलेको हो । 
जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको वार्तामा पक्राउ परेका संघीय लिम्वुवान राज्य परिषदका कार्यकर्तालाई छोड्ने सहमति भएको थियो । बन्द खुलेसँगै ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा लगायत पूर्वका नौ जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ । 
त्यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न थालेका छन् भने बजार खुल्न थालेको छ । पसल खुल्न थालेका छन् । 
धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा गत शुक्रबार मतदाता नामावली संकलन भइरहेको समयमा विरोध प्रदर्शन गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै मञ्चले चार दिनदेखि बन्दको आह्वान गरेको थियो ।
RSS