काठमाडौं । सर्वोच्च अदालतले चुरे भावर राष्ट्रिय एकता पार्टीको विवादमा फैसला दिंदै शिवप्रसाद तामाङ नेतृत्वको समूहलाई मान्यता दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतबहादुर कार्कीको संयुक्त इजलाशले तामाङ अध्यक्ष र श्याम श्रेष्ठ महासचिव रहेको चुरेभावर नै आधिकारीक भएको परमादेश जारी गरेको हो ।
संविधानसभा निर्वाचनअघि गठन भएको चुरेभावर राष्ट्रिय एकता पार्टी विभिन्न समूहमा विभाजित भएपछि कुन आधिकारीक भन्ने विवाद रहेको थियो । तामाङ समूहले गतवर्ष भदौमा विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति चयन गरेको थियो ।
तर, निर्वाचन आयोगले उनीहरुलाई मान्यता नदिएपछि सर्वोच्च अदालतमा रीट निवेदन दिइएको थियो । चुरे भावर पार्टीका पूर्व अध्यक्ष हिमालय भक्त प्रधानाङ्ग वित्तिय अपराधमा जेल परेका छन् भने चुरेभावरबाट मन्त्री बनेका बद्रि न्यौपानेलाई यसअघि नै कारबाही गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।
RSS