काठमाडौ – चर्को बिरोधका बिच विवादास्पद छवीका पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रमुख आयुक्त पदमा सपथ गराइएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा सपथ गराइएको हो।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र चार दलका शीर्ष नेताहरुबीच मंगलबार राति भएको बैठकपछि रातारात घट्नाक्रम विकास भएको हो । रातिको बैठकमा एमाले र कांग्रेसले कार्कीको नियुक्तिको विषयमा पुर्नविचार गर्नु पर्ने भने पनि एमाओवादी र मधेसी मोर्चाले मानेको थिएन । शाहीकालिन मुख्य सचिव कार्कीमाथि जनआन्दोलनको दमनकर्ता, भ्रष्टाचारको आरोपी र सरकारी सेवाका लागि आयोग्य घोषितको आरोप छ ।
कार्कीसंगै लोक सेवाका अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानुप्रसाद आचार्यको पनि सपथ हुन लागेको छ । अन्तरिम संविधानमा उल्लेख उच्च नैतिक चरित्र कायम भएकलाई अख्तियारमा नियुक्त गरिने प्रावधान विपरीत विवादस्पद छवी बनाएका कार्कीको नियुक्ति राष्ट्रपति रामवरण यादवले गर्न लागेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक निकायहरुमा नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।