काठमाडौ – विवादास्पद व्यक्ति पूर्व मुख्य सचिव लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति गरिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । प्रहरीले नागरिक अगुवाहरु कनकमणि दिक्षित, शम्भु थापा, मनाव अधिकारवादी चरण प्रसाई तथा जनआन्दोलनका सहिद पुत्र द्रोण लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन जान लागेका बेला पक्राउ परेका हुन् । चारैजनालाई महाराजगंज प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राखिएको छ ।
विद्यार्थीहरुले राजधानीका कलेजहरु अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् । शितल निवास अगाडि पुगेर विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । । नेविसंघका प्रवक्ता युपी लामिछानेले ११ बजे विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेर आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय लिने बताए ।
RSS/ARGHAKHANCHI.COM