बन्दकारण पुर्वपश्चिम महेन्द्रराजमार्ग र काठमाडौं मुग्लिङ पृथ्वी राजमार्गमा यातायात ठप्प

नवलपरासी  – बेरोजगार युवा संघका नामबाट आह्वान गरिएको बन्दकारण आज बिहानैदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग र काठमाडौं मुग्लिङ पृथ्वी राजमार्गमा यातायात ठप्प भएको छ । राजधानीमा नागढुंगाबाट बाहिरिने सवारी साधनहरु प्रभावित भएको छ ।  ट्राफिक प्रहरीका अनुसार नागढुंगाबाट फाटफुट सवारी साधनमात्र राजधानीबाट बाहिरिएको छ ।
माओवादी भातृ संगठन वाईसीएलका पूर्व संयोजक चन्द्रबहादुर थापा सागरले बेरोजगार युवा संघको नेतृत्व गरेकाले बन्दकर्ताहरु अधिकांस एनेकपा माओवादी सर्मथक रहेका छन् ।
बन्दकर्ताले महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिडेको दर्जनौ गाडी नवलपरासीको कावासोतीमा रोकेका कारण यात्रु अलपत्र परेका छन् ।
बिहान ५ बजे राजमार्गमा निस्किएका बेरोजगार युवाहरुले राजमार्ग हिडेका गाडीहरुलाई रोकाएका छन् ।  
बन्दकर्ताले आफुहरुले सरकारवाट बेरोजगार भत्तापाउनुपर्ने लगायतका माग राखेर मुख्य राजमार्गको यातायात ठप्प पारेका हुन् । बेरोजगार युवासंघका नामवाट १५ दिनअगावैदेखि आज बैशाख २५ गते मुख्यराजमार्गको यातायात बन्द गर्ने भन्दै पर्चा ,पम्प्लेटिङ्ग र माइकिङ्ग गरेर अगि्रम जनाउ दिएका थिए । बन्दमा पसलहरु भने खुलेका छन् । भित्रिसडकमा भने यातायात अबरुद्ध गरेका छैनन् । कान्तिपुर