मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी अतिथि भएको कार्यक्रम कानून व्यवसायीद्धारा बहिस्कार

काठमाडौं । कानून दिवसको अवसरमा सर्वोच्च अदालतले  आयोजना गरेको चियापान समारोह कानून व्यवसायीहरुले बहिष्कार गरेका छन् । 
राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित रहेको कार्यक्रम कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका पदाधिकारीले बहिष्कार गरेका हुन् । 
बारका अध्यक्ष हरिकृष्ण कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तलाई समाप्त पार्ने व्यक्ति खिलराज रेग्मी अतिथि भएको कार्यक्रममा सहभागी हुने उत्साह नजागेर कार्यक्रममा सहभागी नभएको हामीसँग बताए ।
RSS