एमाले झलनाथ खनालद्धारा संविधान बनाउने भए अबको निर्वाचनमा एमालेलाई नै पहिलो पार्टी बनाउन आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान बनाउने भए अबको निर्वाचनमा एमालेलाई नै पहिलो पार्टी बनाउन आग्रह गरेका छन् ।  
एमाले काठमाडौं क्षेत्र नम्बर ६ ले गोंगवुमा गरेको सभामा अध्यक्ष खनालले एमाले पहिलो पार्टी नबनेसम्म संविधान नबन्ने दाबी गरे । 
एमालेको पक्षमा ब्यापक जनलहर देखेर अरु दल आत्तिएको र उनीहरुलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था बनेको खनालको भनाई थियो ।
सभामा एमाले केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई लगायतले पनि एमालेलाई जिताए मात्र मुलुकको हीत हुने दाबी गरेका थिए ।
rss