२९ गतेको नेपाल बन्द फिर्ता

२९ गतेको  नेपाल बन्द फिर्ता
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्ति गरेको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनले अाज  आइतबारका लागि आह्वान गरेको नेपाल फिर्ता भएको छ। ‘निरन्तरको बन्दले जनजीवनमा नराम्रो असर पार्ने एवं स्ववियु चुनावमा केन्द्रित हुनुपर्ने भएपछि बन्द फिर्ताको निर्णय गरिको छ’, नेविसंघ नेता युपी लामिछानेले भने। अनेरास्वियु केन्द्रीय कार्यालयमा भएको बैठकले बन्द फिर्ताको निर्णय गरेको हो।