काठमाडौँ- आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी) सहित ११ विद्यार्थी सङ्गठनले मिलेर निर्वाचन लड्ने भएका छन्। अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ११ विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सो निर्णय गरेको हो।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जागृत रायमाझीले स्ववियुलाई धेरैभन्दा धेरै विद्यार्थीको बनाउन मिलेर चुनाव लड्न लागिएको बताए।
संयुक्तरूपमा निर्वाचन लड्न सहमत भएका विद्यार्थी सङ्गठनहरूमा मधेसी विद्यार्थी फोरम, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, क्रान्तिकारी विद्यार्थी सङ्घ, तराई मधेस विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी मञ्च, अग्रगामी विद्यार्थी युनियन, अनेरास्ववियु पाँचौँ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी परिवार, अखिल नेपाल विद्यार्थी युनियन रहेका छन्।