– गणेश खनाल
ढाकावाङ, अर्घाखॉची । बुढेशकाल लागेपछि विगत ५ वर्ष देखी घरवरीपरी बाहेक बाहिर ननिस्कीएका ढाकावाङ ८ का ८० वर्षिय डिल बहादुर थापा करिव ३ किलोमिटर बाटो लौराको सहारामा पार गदै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा ढाकावाङ्गको पिपल नेटामा सम्पन्न एकिकृत घुम्ति शिविर पुगे ।
शिविर प्रवेश गर्दा वित्तिकै त्यहा रहेका एक कर्मचारीलाई सोधे, बाबु यहॉ जिल्लाका सिडियो र डिएसपी आएका छन् रे ? मलाई भेट गराईदिउन,ति कर्मचारीले ति बृद्धको कुरालाइ स्वार्कार गदै प्रमुख जिल्ला अधिकारी गोविन्द मणी भुर्तेल र प्रहरी नायव उपरिक्षक हिरा बहादुर पाण्डे रहेको ठाउमा पु