अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की

– गणेश खनाल

 

सन्धिर्खक, अर्घाखॉची । जिल्ला अदालत अर्घाखॉचीका कर्मचारीलाई ज्यान मार्ने धक्की दिने सन्धिर्खककी बसन्ता पौडेल माथी मुद्धा दायर भएको छ ।

 

पौडेलको घरमा बुटवल पुनरावेदन अदालतबाट आएको झगडिया भित्राउने आदेश टासी कार्यालय फर्केका कर्मचारीलाई अदालत परिषदमै गई जिउदै खाडलमा हाल्ने धक्की दिएको बैशाख १६ गते दर्ता गरिएको ५१ नम्वरको निवेदनमा उल्लेख गरिएको छ ।

 

सन्धिर्खक ६ निवासी नारायण प्रोखेरल र पौडेलका श्रीमान मणी पौडेल विच सम्पत्ति सम्बन्धिको मुद्धा पुनरावेदन अदालत बुटवलमा दर्ता भएको छ । आफनो बेईजत गर्नको लागी घरमा सुचना टास्न आएको भन्दै कर्मचारीलाई गालि गलोज गरेको सुचना टास्न गएका एक कर्मचारीले बताए ।

 

अदालतका एक जिम्मेवार कर्मचारीका अनुसार मानहानीको मुद्धामा लिखित जवाफ दिन पौडेललाई निर्देशन गरे अनुसार जवाफ आएको र जेठ ८ गते सम्मका लागी पेशी दिईएको अदालत श्रोतको भनाई छ । मानहानी मुद्धामा अदालतले आफै सजाय निर्धारण गर्ने कानुनी प्रवधान रहेको जनाईएको छ ।

 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु