सरकारले केही दिनभित्रै निर्वाचनसम्बन्धी अध्यादेश टुंगो लगाएर निर्वाचन मिति घोषणा गर्ने तयारी थालेको छ। राजनीतिक दलसँग निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन सरकारले गरेको छलफलमा दलबाट नयाँ सर्त आउन थालेपछि सरकार निर्वाचन आयोगसँग परार्मश गरेर मिति घोषणाको निष्कर्षमा पुगेको हो।
निर्वाचनसम्बन्धी अध्यादेशका साथै सहमतिका लागि दलसँग भएका प्रयास विषयमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीबीच आइतबार बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगसँग निर्वाचन मिति र अध्यादेशका विषयमा सरकारले छलफल गर्ने तय भएको हो। सरकारी वार्ता टोलीले छिट्टै आयोगसँग छलफलपछि सरकार मिति र अध्यादेशको विषयमा निर्णयमा पुग्नेछ।
‘गृहमन्त्री माधवप्रसाद घिमिरे नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले निर्वाचन आयोग र गृह मन्त्रालयसँग छलफल गर्नेछ,’ स्रोतले भन्यो, ‘आयोगसँगको परार्मशपछि ३/४ दिनमा मिति घोषणा हुन्छ।’
सरकारले मंसिर पहिलो साता संविधानसभा निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी गरेको छ। दलबीच यसअघि भएको संविधानसभा सदस्यको संख्यामा पनि फरक