काठमाडौं – सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिने सर्वेक्षक श्याम सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
काठमाडौं वडा नम्बर- २९ का आशाकाजी महर्जनको उजुरीमा सिलवाललाई पक्राउ गरिएको हो । अख्तियारले सिलवाललाई कारबाहीका लागि हिरासतमा लिएको जानकारी दिएको छ ।
आयोगले सोमबार मालपोत कार्यालय डिल्लीबजार र चाबहिल, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, वाग्मती अञ्चल यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेको छ ।
रासस