काठमाडौं । नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
सडक सुरक्षाबारे आज राजधानीमा भएको कार्यक्रममा प्रत्येक वर्ष सडक दूर्घटनामा दुई हजारले ज्यान गुमाउने र १२ हजार भन्दा वढी घाइते हुने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले सवारी चालक र सडक प्रयोग कर्ता बटुवाहरु सचेत बनेमात्र दूर्घटनामा कमी आउने पनि वताए ।
दूर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले ट्राफिकले जनचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
रासस