संविधान सभाको निर्वाचन हुने लगबग पक्का पक्कि भएपछि दल दर्ताको प्रकृया पनि सुरु भइसकेको छ । एनेकपा माओावदी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अधिकांस दलहरु निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । पुराना दलहरु दर्ता हुनेक्रम चलिरहेको छ भने नयां दलहरु गठन हुने क्रमपनि तिव्र भएको छ ।
समानुपातिक तर्फबाट पनि संविधानसभामा पुग्ने संभावना रहेकाले नयां दल दर्ता गर्नेको संख्या बढेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्ष तर्फ नजितेपनि समानुपातिकबाट संविधान सभामा पुग्ने अपेक्षाले गर्दा नै साना तथा नायां दलहरुले एक प्रतिसत थ्रेस ओल्डको बिरोध गर्दै आएका छन् । निर्वाचन आयोगले यो पटक कम्तिमा एक दर्जन नयां दल दर्ता हुने अनुमाग गरेको जनाएको छ ।
सशस्त्र द्वन्द्वको समयमा जागिर छाडेका सेना र प्रहरीले