नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक

नवलपरासी  । चुनावको मिति तोक्न माग राखेर नवलपरासीमा तीन दिनदेखि आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । 
जिल्ला सदरमुकाम परासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका केन्द्रीय सदस्य सत्रजीत यादव, जिल्ला सचिव हरिनारायण चौधरी, सदस्यहरु अनिरुद्र गौड, रामबृक्ष यादव र प्रकाश पासवानको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको हो । 
प्रचण्ड गर्मीमा बुद्धचोक स्थित सडक छेउमा टेण्ट गाडेर अनशनमा वसेकाहरुमा टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएका छन् । 
चुनावको मिति तोक्नुपर्ने, निर्वाचन क्षेत्रहरु पुननिर्धारण गर्नुपर्ने लगायतका माग राखेर सद्भावना कार्यकर्ताहरु अनशनमा बसेका हुन् ।
RSS