हामी बिहान ८:१० मा पोखराबाट उड्यौं । लगभग २० मिनेटको यात्रापछि ८ :३० मा हामी जोमसोम पुग्दै थियौं । बाटोमा बिमान हल्लने लगायतका कुनै पनि समस्या थिएन । सँगै रहेका पर्यटक लगायतका हामी सबै हिमाली श्रृँखला हेर्दै, फोटो खिच्दै, रमाउँदै थियौं । जब जोमसोम विमानस्थलको धावनमार्गमा विमान अवतरण हुन लाग्यो र टायरले भूईं छोयो, अब विमानको स्पिड कम होला र नियन्त्रणमा आउला भन्ने लागिरहेको थियो ।
तर विमानको स्पिड कम हुनुको साटो दायाँबायाँ हल्लिँदै स्पिड बढ्न थाल्यो । म विमानको सबैभन्दा पछाडिको सिटमा थिएँ र सँगै विमान परिचारिका बहिनी पनि हुनुहुन्थ्यो । उहाँ आत्तिनुभयो । के भयो यस्तो, के भयो यस्तो भन्दै कराउनुभयो । विमान नियन्त्रणमा आउला भन्ने मलाई लागेको थियो । म चाहिँ त्यतिबेला डराइन ।
तर धावनमार्गको विमानयात्रा त निकै लामो भयो । विमान रोकिने छाँट नै देखिएन । झ्यालबाट बाहिर हेरेको त धावनमार्गको पिच हैन, बाहिर घाँसैघाँस देखिन्थ्यो । लौ अब मरियो भनेर मैले आफुलाई माया मारें । सँगै रहेका अरु यात्रु पनि कराउन थाले । मरियो भनेर सोच्दासोच्दै एकैपटक गड्याँग भएर ठूलो आवाज आयो । फेरि त्यहाँ हामीबीच कोलाहल भयो । तर कसैलाई चोट लागेन ।
त्यतिबेला मैले छेउमा इमर्जेन्सी ढोका देखें । त्यसलाई तान्ने र घचेट्ने गरें । तर ढोका खुलेन । अगाडि हेरेको ढोका खुलै रहेछ । विमानको अगाडिको ढोको कसरी खुल्यो, त्यो त थाहा भएन । म पनि बाहिर निस्कन आत्तिँदै अगाडिको ढोकातिर लागें । ढोकाबाट तल हेरेको त कालीगण्डकी नदी । अघिल्तिर नदी देखेर म फेरि मरेको जस्तो भएँ । किनकी मलाई पौडिन आउँदैन ।
विमानभित्रै बसौं, विष्फोट होला भन्ने डर । बाहिर निस्कौं नदीमा डुबिएला । म आत्तिएँ । ज्यानको माया मारें । तर यसो बाहिर फेरि हेरेको विमान नदीको किनारमा रहेछ । म बिस्तारै बाहिर निस्कें । त्यहाँ काँडेतार रहेछ । त्यहाँबाट पनि निस्कें । फेरि ढुंगाहरु रैछ । त्यहाँबाट पनि निस्कें । त्यसपछि कसैले हात दिएको देखें । त्यसपछि के भयो मलाई थाहा भएन । त्यतिबेलासम्म म होसमा रैछु । त्यसपछि होस हरायो । एकघण्टापछि होस खुल्दा म अस्पतालमा रैछु । वरपर मान्छेको भीड देखेर म छक्क परें । ठूलो सपनाबाट बिउँझिएको जस्तो भयो । म मरेर बाँचे कि बाँचेर मरें अचम्म लागिरहेको छ ।
(बिहीबार बिहान जोमसोममा भएको बिमान दुर्घटनामा परेका गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत रहेका पहाडीसित कुराकानीमा
आधारित) -गोविन्द पहाडी, पर्वत कुश्मा
हवाई दुर्घटनाको नालिबेली:
” छ दर्जन ठूला हवाई दुर्घटनामा साढे सात सयको मृत्यु “
-नरेश फुयांल ।
बाक्लै रुपमा हुने हवाई दुर्घटनाले नेपाली आकाश हवाई यात्राका लागी असुरक्षीत बन्दै गइरहेको छ । जसका कारण अहिलेसम्म सयौले ज्यान गुमाइ सकेका छन् । बिहिबार मात्रपनि नेपाल वायुसेवा निगमको विमान दुर्घटनामा परेको छ । कास्कीको पोखराबाट जोमसोमका लागि उडेको निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान बिहान साढे ८ बजे जोमसोम बिमानस्थलबाट फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटना भएपनि पनि मानवीय क्षेती भने हुन पाएन । यो त एउटा पछिल्लो प्रतिनिधि घटना मात्र हो । नेपाली आकाशमा यस्ता थुप्रै एयरलाईन्सका धेरै दुर्घटना भइसकेका छन् ।
कुन एयरलाइन्सको बिमान कहिले र कहां दुर्घटना भए ?
सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरपोर्टमा दुर्घटना हुदा २ जनाको मृत्यु भयो । जुन नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना थियो । १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु पर्यो । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो ।
एन ए सी को बिमान १९६० मा भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गयो । नेपाल एयरलाइन्सको विमान १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको निधन हुन पुग्यो ।
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो जसमा १ यात्रुको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुंदा ३१ ज्नाले ऐया पनि भन्न पाएनन् । यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना हुंदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घना हुदा ६ जनाको मृत्यु भयो ।
बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा १० जनाको मृतयु भयो भने सोही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ जनाले ज्यान गुमाउनु पर्यो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो । १९९२ मा थाई एयरको विमान घाङफेदीमा दुर्घटाना हुदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो हवाई दुर्घटना हो । यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुंदा १८ जनाको मृतयु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौंमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु पर्यो ।
१९९८ मा ए.टि.एस.सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु पर्यो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुंदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एन.एसी.को विमान सोलुखुम्बुमा दुर्घटना हुंदा १ जनाले निधन भयो । १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुंदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । पटक पटक एकै प्रकृतीका बिमान दुर्घटा भए पनि त्यसलाई कसरी रोक्ने यसबिचमा खासै कुनै काम भएको देखिएन ।
नेपाल एयरलाइन्सको विमान सन् २ हजारमा डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाले मृत्यु बरण गरे । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेत