– वीरेन्द्र केसी
अर्घाखाँची । विश्व शान्तिको कामना गर्दै तपस्या गरेको ऐतिहासिक पर्यटकीय स्थल पाणिनी तपोभूमिमा धार्मिक मेला लागेको छ । नौ दिनसम्म चल्ने मेलामा दैनिक एक हजार भक्तजनले मेला अवलोकन गरेका छन ।
पाकिस्तानमा भीषण युद्ध हुँदा पाकिस्तानबाट भागेर यहाँ आई विश्वशान्तिको कामना गर्दै तपस्या गरेको स्थालको विकास र प्रवद्धनको लागि नौदिनसम्म सञ्चालन हुन लिंग पुराण श्रीमदभागवत महापुराण ज्ञान महायज्ञमा १४ वर्षीय बालक धर्मराज अर्यालले सुक्रवार देखी कथावाचन गरेका छन । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तै पाणिनी तपोभूमिलाई पनि पर्यटकीय क्षेत्र विस्तारको लागि महायज्ञ लगाईएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष खगेन्द्रराज पोखरेलले बताए । विश्व शान्तिको कामना गर्दै ऋिषिले तपस्या गरेको ठाउँ ओझेलमा परेको उनले बताए ।
लुम्बिनी आउने पर्यटकलाई पनि पाणिनीसम्म ल्याउने लक्ष्य रहेको बताए । यहाँ एक करोड रुपैया को लगानीमा दक्षिण एशियाकै सबैभन्दा ठुलो एक सय आड फिट अग्लो शिवलिंग निर्माण भैरकेको छ । गत वर्षको यस्तै महायज्ञमा ३० लाख यहाँ संकलन भएको थियो ।