काठमाडौं । सरकारले सन् २०१३ लाई सगरमाथा हिरक महोत्सव वर्षको रुपमा मनाउने भएको छ । महोत्सवबारे जानकारी दिन बुधबार नेपाल पर्यटन बोर्डले गरेको पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले महोत्सवको तयारी पूरा भएको बताए ।
भट्टराईले छिटै नै मन्त्रालयले पछिल्लो समयमा अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा कमी आउनुको कारण पत्ता लगाई अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रम ल्याउन लागेको पनि जानकारी गराए ।
सगरमाथा हिरक महोत्सवले नेपालको पर्वतीय पर्यटन प्रबद्र्धनमा योगदान पु