नवौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न

काठमाण्डौं – नेपाल पन्छी संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले तराईको पूर्व(पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणघाटबाट शुरु गरी कञ्चनपुर जिल्लाको गड्डाचौकी सम्म ६३८ कि.मि.को लामो राजमार्गमा गिद्धको नवौ वार्षिक राजमार्ग ट्रान्जेक्ट सर्भे सम्पन्न गरेको छ । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग(नेपाल, र आरएसपिवि (च्क्एद्य), यू.के.को सहयोगमा यो सर्भे गरिएको हो । यसपालीको सर्वेक्षणमा पनि ४३ वटा डंगर गिद्ध देखिएका थिए जुन गत सालको संख्या जत्ति नै हो । सन् २००२ मा करिव २०५ वटा गिद्धहरु भेटिए पनि सन् २००९ मा घटेर ५५ वटाको संख्यामा झरेको संरक्षणविद्हरुको भनाई रहेको छ । संरक्षणविद्ले पश्चिम नेपालमा सन् २००९ देखि डंगर गिद्धको संख्या स्थिर रहेको ठोकुवा गरिरहेका छन । भर्खरै निस्किएको एक वैज्ञानिक प्रकाशनमा डंगर गिद्धको संख्या हस दर नेपालमा १४५ मात्र रहेको देखाएको छ ।
यो सर्वेक्षण अंग्रेजी महिना मे ६ देखी सुरु गरी १९ गतेको दिन सम्पन्न गरीएको हो । यस कार्यको लागि प्रयोग गरिने गाडी २० कि.मि. प्रति घण्टाको गतिमा चलाईन्छ र राजमार्गको दुवैतिर १,००० मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राखीन्छ । यसपालीको सर्वेक्षण  पूर्व(पश्चिम राजमार्गका अलावा उत्तरी पहाडी क्षेत्रमा अवस्थित जिल्लाहरुका मार्गहरु जस्तै,ः अत्तरीया