नवलपरासी । नवलपरासीको लोकाहा खोलामा वनाईएको दुई दुई वटा डाईभर्सन बाढिले बगाएपछि पूर्व पश्चिम राजमार्ग गएराती देखि अवरुद्ध वनेको छ । गतवर्ष बाढिका कारण पुल भत्किएपछि नजिकैवाट बनाईएको डाईभर्सन बाढिले बगाएपछि नजिकै वाट अर्को डाईभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याईएको थियो ।
हिजो देखि परेको पानीका कारण आएको बाढिले दोस्रो डाईभर्सन पनि बगाएपछि सडक अवरुद्ध वनेको हो । सडक अवरुद्ध हुदा गएराति देखिनै सयौ सवारी साधन र हजारौ यात्रुहरु बिच वाटोमा अलपत्र वनेका छन् । अलपत्र परेका सवारी साधनहरु प्रगतिनगरमा रोकिएका छन् ।