चुनावको मिति तोक्न भन्दै उच्चस्तरीय राजनीतिक समितिद्धारा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकारले गरिरहेको पहलबारे उच्चस्तरीय राजनीतिक समितिले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेको छ।

 

समितिमा रहेका एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु छलफलका लागि अध्यक्ष रेग्मीको निवास बालुवाटार पुगेका थिए।

चुनावको मिति तोक्न सरकारले ढिला गरेको भन्दै नेताहरु रुष्ट भएका छन् भने रेग्मी पनि शिर्ष नेताहरुले नै सार्वजनिक रुपमा आफ्नो आलोचना गरेकामा सन्तुष्ट छैनन् । आजको बैठकमा निर्वाचन ऐन, निर्वाचनको मिति, आन्दोलनमा रहेका दललाई वार्तामा ल्याउन भएका प्रयत्न तथा अब गर्नुपर्ने कामका विषयमा छलफल हुँदैछ ।


आन्दोलनमा रहेका दललाई चुनावमा ल्याउन आवश्यक परे रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिनुपर्नेमा दलका नेताहरुले अभिव्यक्ति दिन थालेपछि रेग्मी रुष्ट बनेका हुन् । रेग्मीसँगको छलफलपछि आजै उच्चस्तरीय समितिको बैठक पनि बस्नेछ ।


रासस