बर्दिया । राजेन्द्र महतो समूहको सद्भावना पार्टीले आह्वान गरेको मधेश बन्दका कारण आज तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दले धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा, मोरङलगायतका जिल्लाका जनजीवन असर परेको छ ।
पश्चिम तराईका चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बर्दियालगायतका जिल्लामा पनि यातायातका साधन चल्न दिइएको छैन । तत्काल चुनावको मितिको घोषणा गर्नुपर्ने, महतोको अनसनमा हस्तक्षेप गर्नेलाई कारवाही गर्नुपर्ने जस्ता माग उनीहरुको छ ।
RSS