देशभरका गाविस सचिवहरुद्धारा नारिकताको सिफारिस गर्ने काम ठप्प

काठमाडौ – देशभरका गाविस सचिवहरुले आजदेखि नारिकताको सिफारिस गर्ने काम ठप्प पारेका छन् । गलत व्यक्तिले झुक्याएर नागरिकता लिएको मुद्दामा आफूहरुलाई फसाईएको भन्दै गाविस सचिव हकहित केन्द्रले देशभर सिफारिसको काम रोकेको हो ।


हकहित केन्द्रका अध्यक्ष दामोदर रिजालले तराईमा घुम्ती सेवा केन्द्र सञ्चालनका क्रममा सेवाग्राहीलाई तत्काल नागरिकताको सिफारिस गर्नुपर्ने बाध्यता रहेको र पछि छानविनका क्रममा फर्जी भेटिए सचिवलाईलाई पनि फसाउन थालेपछि बाध्य भएर विरोध गर्नुपरेको बताए ।