काठमाडौं । लोकतान्त्रिक पक्षधर पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २२ औं स्थापना दिवस आज देशभर मनाइरहेको छ । यस अवसरमा देशभर प्रभातफेरी र अन्तरक्रियाहरु भइरहेको युनियनको केन्द्रिय कार्यलयले जानरकारी दिएको छ । राजधानीमा आज विहान अन्तरक्रियामा बक्ताहरुले श्रमजिवि पत्रकारहरुको हक, हित र सुरक्षाका लागि लडिरहेने बताएका छन् ।
थापागाउं स्थित केन्द्रिय कार्यलयको सभाहलमा भएको कार्यक्रममा युनियनका पूर्व अध्यक्ष कुलचन्द्र न्यौपाने, पूर्व बरिष्ठ उपाध्यक्ष बन्द्रि सिग्देल, महासचिब शिव लम्साल लगायतका बक्ताहरुले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजिवि पत्रकारहरुको हक हितका लागि जुनसुकै मुल्य चुकाउन पछि नपर्ने बताए ।
युनियनका जिल्ला शाखाहरुमा पनि प्रभातफेरी गरिएको छ । युनियनको आजैबाट केन्द्रिय समितिको बैठक तनहुँमा सुरु हुँदैछ । तनहुको दमौली पुगेका केन्द्रिय अध्यक्ष किरण पोखरेले बैठक सकिएपछि युनियनले श्रमजिवी पत्रकारहरुको हक,हित र भौतिक सुरक्षाका लागि देशव्यापी अभियान सुरु गर्ने बताएका छन् । केन्द्रिय बैठकका लागि दमौलीमा लोकतान्त्रिक पक्षधर पत्रकारहरु भेला भइरहेको दमौलीबाट पत्रकार नकुल अर्यालले जानकारी दिए । अर्यालका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्दैछन ।
rss