कोलम्बियामा सरकार र फार्क विद्रोहीबीच भूमि सुधार गर्ने विषयमा सहमति

कोलम्बियामा सरकार र फार्क विद्रोहीबीच भूमि सुधार गर्ने विषयमा सहमति भएको छ । क्यारेबियन टापुमा छ महिनादेखि चलेको शान्ति वार्तापछि भूमि सुधारका विषयमा सहमति भएको बताइएको छ । 
सहमतिपछि जारी गरिएको विज्ञप्तिमा कोलम्बियाको ग्रामिण क्षेत्रमा प्रजातान्त्रिक सुधारको क्रम पनि शुरु गरिने उल्लेख छ । 
यो सहमतिले ग्रामिण क्षेत्रमा आर्थिक र सामाजिक विकास र गरिब किसानलाई जमिन उपलब्ध गराउने बाटो खुल्ने बताइएको छ । सहमतिपछि भूमि बैंक, युद्धका क्रममा गैरकानूनी रुपमा कब्जामा लिएका जमिन पुनर्वर्गीकरणका लागि मार्ग खुलेको बताइएको छ । 
कोलम्बियामा फार्क विद्रोहीले पाँच दशकदेखि शुरु गरेको सशस्त्र विद्रोह अन्त्यमा भूमि सुधार मुख्य मुद्दा बन्दै आएको थियो । सन् १९६० को दशकदेखि फार्कले शुरु गरेको सशस्त्र विद्रोहमा ६ लाख मानिस मारिइसकेका छन् भने ३० लाख मानिस विस्थापित भएको अनुमान छ ।
agencies