हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा आज विहान गोमा एयरको विमान अवतरणको क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
नेपालगञ्जबाट उडेको गोमा एयरको नाइन एन ए जे यू विमान सिमकोट विमानस्थलमा अवतरणका क्रममा टाएर पञ्चर भएर विमानस्थलको भिक्तामा ठोक्किएको थियो ।
त्यसक्रममा विमानको दायाँतर्फको पंखेटा र अगाडिको भागमा क्षति पुगेको छ ।
विमानका चालक रवीन्द्रबहादुर रोकाया र सहचालक प्रीति गिरीसहित त्यसमा सवार नौ जना सकुशल रहेको गोमा एयरका अपरेशन म्यानेजर प्रमोदराज शर्माले जानकारी दिए ।
– RSS