नेकपा-माओवादीका मोहन वैद्यद्धारा चार दलले गर्ने चुनाव आफूहरुलाई मान्य नहुने दावी

काठमाडौं  । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले गर्ने चुनाव आफूहरुलाई मान्य नहुने दोहो-याएका छन् । 
आज राजधानीमा भएको कृष्णसेन ईच्छुक सप्ताह २०७० को समापन तथा स्रष्टासम्मान कार्यक्रममा अध्यक्ष वैद्यले संविधानसभाबाट नयाँ संविधान नबन्ने भन्दै आन्दोलनबाटै जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे । 
वैद्यले अहिलेको सरकारले कुनै हालतमा चुनाव गराउन नसक्ने दाबी समेत गरे ।
 
अध्यक्ष वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतले क्रान्तिलाई धोका दिएर दक्षिणपन्थी शक्तिलाई बन्दुक बुझाएको आरोप समेत लगाए ।
 
कार्यक्रममा यस वर्षको कृष्णसेन इच्छुक पुरस्कार साहित्यतर्फ दिल सहनी र कलातर्फ इन्द्र विकलाई प्रदान गरिएको थियो । 
त्यस्तै कृष्णसेन प्रतिभा पुरस्कार निभा शाहलाई प्रदान गरिएको थियो ।
– RSS