स्वयवियू निर्वाचन समानुपाति प्रणालीवाट हुनपर्ने माग राख्दै अरुण पूर्वका नौ जिल्ला बन्दको आह्वान

काठमाडौं । स्वयवियू निर्वाचन समानुपाति प्रणालीवाट हुनपर्ने माग राख्दै संघिय संयुक्त विद्यार्थी मोर्चाले आज अरुण पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको छ ।

 

पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङखुवासभा लगायत पूर्वका जिल्लामा विहानैदेखि बन्दको प्रभाव परेको छ ।

 

वन्दका कारण बजार, उद्योग ब्यवसाय, शैक्षिक संस्था खुलेका छैनन् भने सवारीका साधनहरु समेत ठप्प छन् ।

 

त्रिविले आउँदो जेठ २३ गते गरेको स्ववियू निर्वाचनको घोषणामा मिश्रित प्रणालीवाट गर्ने बताएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको मोर्चाले जनाएको छ ।

 

मोर्चाले एक विज्ञप्ति प्रकाशित गरी स्ववियु चुनाव बहिष्कारको घोषणा गर्नुका साथै जेठ ८ गतेदेखि अरुण सप्तकोशी पूर्वका नौ जिल्लाका सबै क्याम्पसहरुमा तालाबन्दी सुरु गरेका थिए ।

 

– RSS