विश्व धुमपान विरुद्धको दिवस: नेपालमा बर्सेनी १६ हजार व्यक्तिको मृत्यु

काठमाडौं  । आज विश्व धुमपान विरुद्धको दिवस । नेपालमा पनि जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । सूर्तीजन्य पदार्थ सेवनले नेपालमा बर्सेनी १६ हजार व्यक्तिको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वभर बर्सेनी करिब ६० लाख व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थ सेवनले हुने गरेको छ ।

नेपालमा आधाभन्दा बढी पुरुष सूर्तीजन्य पदार्थको अम्मलमा रहेका तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ अनुसार मुलुकका ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिला सूर्तीजन्य पदार्थको अम्मली छन् ।

एउटा चुरोटबाट निस्किने धुवाँको वरवरका ६६ प्रतिशत भाग धुमपानकर्ताले छेउछाउका वातावरणमा फैलाउने भएकाले प्रत्यक्ष रुपमा धुमपान नगर्नेहरु पनि यसको मारमा पर्ने गरेका छन् ।

धुमपानको धुवाँमा निकोटिन तथा टारको मात्रा दोव्वर हुने भएकाले स्वास्थ्यका लागि निकै हानिकारक मानिएको छ । धुमपान गर्नेहरुलाई मुटु रोग, दम र क्यान्सर हुने सम्भावना बढी हुने गरेको छ ।
 
rss