काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्यी युनियनको चुनाव स्थगित गरेपछि राजधानीका क्याम्पसहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
त्रिविले नक्कली विद्यार्थी भर्नाको विषयमा विवाद बढेपछि यही जेष्ठ २३ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
स्ववियु चुनावलाई नै केसन्द्रत गरेर एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका विभिन्न क्याम्पसमा सयौंको संख्यामा नक्कली विद्यार्थी भर्ना गरेपछि अन्य विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आएका थिए ।
भर्ना विवादकै कारण विद्यार्थी संगठनहरुले राजधानीका केही सरकारी क्याम्पसहरुमा तालाबन्दी समेत गरेका थिए ।
rss