राजधानीको नेपाल ल क्याम्पसमा पत्रकार सम्मेलन गरी नेविसंघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
यसैबीच, सोही स्थानमै भएको उपत्यकास्तरीय कार्यकर्ता भेलामा कार्यकर्ताका कुरा नेतृत्वले सुन्न नमानेपछि नेविसंघमा विवाद भएको छ । अध्यक्ष रञ्जीत कर्णको समूहले कार्यकर्ताका कुरा सुन्न नखोजी उल्टै केन्द्रीय सदस्य ईन्दु शर्मालाई हातपात गरेका छन् । शर्मालाई हातपात गरेसँगै असन्तुष्ट पक्षले कर्णको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
नेतृत्व सक्षम नभएकैले नेविसंघ स्ववियु निर्वाचनका लागि पहल गर्ने क्रममा चुकेको भन्दै असन्तुष्ट पक्षले नेविसंघका अध्यक्ष कर्णका विरुद्धमा नाराबाजी गरेको हो । उनीहरुले तत्काल कर्णको राजीनामाको मागसमेत गरेका छन् ।
यसैबीच, नेविसंघमै देखिएको यो फाटोले उसका मुद्दा कमजोर बन्दै गएको भन्दै केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले चिन्ता ब्यक्त गरेका छन् । हामीसँगको कुराकानीमा तिमल्सिनाले वौद्धिक वर्ग नै कुटपिटमा उत्रिएपछि विद्यार्थीका एजेन्डा पनि कमजोर हुने जिकिर गरे ।