काठमाडौं । स्त्री रोग विशेषज्ञहरुले पछिल्लो समय लिंग पहिचान गरी छोरी भए गर्भपतन गराउने क्रम वढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज राजधानीमा भएको एक कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल लगायतले पछिल्लो समयमा सरकारले केही कडाई गरेपनि छोरी भए गर्भपतन गराउने क्रम नरोकिएको बताए ।
भ्रुण हत्या रोक्न महिलाहरुले नै प्रयास गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा अन्य स्त्री रोग विशेषज्ञले पनि लिंग पहिचान गरी गर्भपतन गर्ने क्रम रोक्न कडा कानून आवश्यक भएकोमा जोड दिएका थिए ।
– रासस