भैरहवा अब चार बर्ष भित्र हरियाली शहर हुने


 

भैरहवा । आगामी चार बर्ष भित्र भैरहवाको सिद्धार्थनगर नगरपालिका हरियाली शहरको रुपमा बिकास हुने भएको छ । नेपालका ठुला र सुन्दर शहरहरु जस्तै सिद्धार्थनगरलाई पनि सुन्दर बनाउने उद्धेश्य अनुरुप एसियाली बिकास बैकको ४ करोड २५ लाख सहयोगमा नगरपालिकामा एकीकृत शहरी बिकास परियोजनाको काम थालनी भएपछि हरियाली शहरको रुपमा बिकास हुने भएको हो ।

आगामी चारबर्ष भित्र नगरपालिकामा सामाजिक बिकास कार्यक्रम अन्तर्गत शहरलाई हरियाली, धुवा धुलो रहित र सौन्र्दय बनाउने उद्धेश्य अनुरुप सिद्धार्थनगर नगरपालिका र नेपाल रुलर डेभलपमेण्ट सेन्टर वीच सम्झौतामा हस्ताक्षर भएपछि नगरपालिकामा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको हो ।


 सम्झौता अनरुप एनआरडिसीले ४९ महिनाको अबधिमा नगरपालिकालाई आवश्यक पर्ने सामाजिक बिकास कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । जसमा गरिव बस्तीहरुमा महिला, गरीब र पिछडा बर्गहरुमा क्षमता बिकास, सिप बिकास, भौतिक पुर्वाधार बिकास, सामाजिक जागरण अभियान र सामाजिक शुरक्षा लगायत बिकास कार्यक्रम तयार तथा संचालन गर्ने नगरपालिकाका प्रमुख टिकादत्त राईले जानकारी दिए ।

 

RSS