– उमाकान्त पाण्डे गाउले
जेष्ठ १९ , आबुधाबी – सम्युत्त अरब एमिरेट्स यूएईको अलऐनमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि २ बर्ष अघि यूएई आएका अर्घाखाँची डिभर्ना ७ का तिलक श्रेष्ठको गत बिहीवार मृत्यु भएको हो ।
अलऐनमा रहेको दुस्समन गल्फ क्लीनिङ कम्पनीमा कार्यरत श्रेष्ठ बिहीवार राती अवेर सम्म सहकर्मी हरु सगै क्यारम्बोर्ड खेलेर बसेका थिए । सबै रमाइलो गरी राम्रै सग खाना खाएर सुतेका उनी बिहान अबेर सम्म उठेका थिएनन । अबेर सम्म नउठेकोले सगै एउटै कोठामा बस्ने अन्य साथीले उठाउदा उनी मृत अवस्थामा भेटिएका थिए ।
शुक्रबार बिदा भएकै कारण अबेर सम्म सुतेको हुन सक्ने अनुमान गर्दै अबेर सम्म उठाएनौ ,बिहान खाना पकाएर खाना खान उठाउन खोज्दा उनी मृत् अवस्थामा देखे पछि कम्पनीलाई खबर गरिएको उनी सगैं कार्यरत नेपालीले बताए ।
कम्पनीले शुक्रबार बिहानै तिलकको मृत्यु भएको भन्दै नेपालमा रहेका उनका आफन्तलाई फोन मार्फत जानकारी गराएको थियो । ‘श्रीमानको बिदेशमा मृत्यु भएको खबरले उनकी श्रीमती बेहोश छिन, खास सत्य तथ्य केहो बुझीदिनु पर्यौ’, शुक्रबार दिउस ३ बजे तिर नेपाल बाट उनका आफन्तजनले फोन मार्फत अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्कालाई संपर्क गरी सोध खोज गरिदिन आग्रह गरेका थिए ।
३३ बर्षिय श्रेष्ठ जुलाई ७ गते दुई महिने बिदामा नेपाल फर्कदै थिए । घरमा रहेका एक श्रीमती र एक छोरा सहितको परिवारको प्रतिक्षा श्रेष्ठको मृत्युको खबरले बिचमै तुहिएको छ । परिवारमा रुवावासी छ । घरको आर्थिक अवस्था कमजोर छ । श्रीमतीको दुई दिन सम्म होश खुल्न सकेको छैन ।
यता मृतकको कम्पनीले इन्सुरेन्स नगरेका कारण उनको शबलाई पोस्टमार्टमका लागि समेत ढिलाई भएको छ । अहिले मृतकको शब अलऐनमा रहेको जिमी हस्पिटलमा राखिएको छ । हृदयघातका कारण मृत्यु भएको भन्ने पोस्टमार्टमको नतिजाले देखाएको कम्पनीले जनाएको छ ।
प्रशाशनिक प्रकृया पुरा गरे लगत्तै श्रेष्ठको शबलाई नेपाल पठाउन सहयोग गरिदिन उनीसगै कार्यरत नेपाली सहकर्मीहरुले सबैमा अपिल गरेका छन ।
यसै बर्षमा हाल सम्ममा फरक फरक दुर्घटनामा परि अर्घाखाँचीका दुई युवाले यूएईमा ज्यान गुमाएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।