टर्कीमा सरकार विरोधी प्रदर्शनको रुपमा देशभर विस्तार

टर्कीको इस्तानबुलस्थित ताक्सिम स्वायरमा रहेको गेजी पार्क पून विकसित गर्ने विवादास्पद सरकारी योजनाको विरोधमा भएको प्रदर्शन सरकार विरोधी प्रदर्शनको रुपमा देशभर विस्तार भएको छ ।

 

राजधानी अंकारा, स्तानबसल लगायतका मुख्य शहरहरुमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक भडपहरु भएका छन् ।

 

टर्की सरकार विरुद्ध युवाहरुको आक्रोश बढ्दै जांदा हिंसा चर्किएको बताईएको छ । ६७ शहरबाट १ हजार ७ सय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिईएको टर्कीका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

 

देशभर भएका प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेकोमा अमेरिकाले टर्की सरकारको आलोचना गरेको छ ।

 

Agencies