मङ्सिर अगाडि नै निर्वाचन गराउने अभियानमा निर्वाचन आयोग

वीरगन्ज – निर्वाचन आयुक्त डा रामभक्त पिभी ठाकुरले मङ्सिर अगाडि नै निर्वाचन गराउने अभियानमा निर्वाचन आयोग जुटेको बताएका छन् । ‘वर्तमान सरकार र निर्वाचन आयोगको मूल कार्य नै निर्वाचन गराउनु हो,’ पत्रकार भेटघाटमा उनले भने, ‘निष्पक्ष, भयरहित र विश्वासनीय निर्वाचन गराउन आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको छ।


आयुक्त ठाकुरले मुलुकमा देखिएका विद्यमान समस्याको निकासका लागि निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र आम नागरिक सबैको चासो अहिले निर्वाचन नै भएकाले तोकिएको समयमा नै निर्वाचन हुने दाबी गरे ।


मङ्सिरअघि संविधानसभा र चैत मसान्तमा स्थानीय निकायको निर्वाचन गराउने गृहकार्यमा आयोग लागिपरेको बताउँदै उनले भने, ‘संविधानसभाको निर्वाचनको मिति घोषणा नभए पनि निर्वाचनको महत्वलाई दृष्टिगत गरेर आयोगले मतदाता नामावली सङ्कलन कार्यलाई अभियानका रूपमा लगेको र दल दर्ता गर्ने कार्य पनि सम्पन्न गरेको छ।’


आयुक्त ठाकुरले सबै नेपाली नागरिकले सहजरूपमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्न आयोगले वृद्धवृद्धा र अपाङ्ग मैत्री निर्वाचन प्रणालीको विकास गर्न लागेको उल्लेख गरे ।


आँखाका ज्योति गुमाएका नेपालीले पनि मतदानबाट वञ्चित हुन नपरोस् भन्नका लागि आयोगले केही ठाउँ ब्रेल लिपिलाई परीक्षणका रूपमा ल्याउन खोजेको भन्दै उनले सम्भव भएसम्म तराईका सम्पूर्ण जिल्लामा विद्युतीय मतदानको व्यवस्था लागू गर्नेतर्फ आयोगले गृहकार्य गरिरहेको पनि जानकारी गराए ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयुक्त ठाकुरले आम नेपाली र अन्तर्राष्ट्रिय समुदायको दबाब पनि निर्वाचनको पक्षमा भएकाले अन्त्यमा नेकपा