– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । खानेपानी सरसफाई स्वच्छता जिल्ला समन्वय समिति अर्घाखाँचीले यही जेष्ठ २२ गतेदेखि २८ गतेसम्म सबै जनता सबै दल, सरसफाईमा लगाउ अझै बल भन्ने नाराका साथ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
स्थानीय विकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गते देखि एक हप्ता जिल्ला भर बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेल, खानेपानी कार्यलयका प्रमुख राजेन्द्र न्यौपाने, जिल्ला स्वास्थ्य कार्यलयका लिला गौतम , एकिकृत नेकपा माओबादीका मगरात राज्य समिति सदस्य ठाकुर कुमार बिक, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जनार्दन खनाल लगायतको उपस्थिति रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।