“खोजी”

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
म प्रेम गर्ने प्रेमीहरुको भाषा होइन 
म देश प्रेमीहरुले बोल्ने भाषा को खोजी गर्दै छु |
म हजारौ पैसा खर्चेर प्रेमी-प्रेमिका लाई माया गर्ने मान्छे होइन 
म देश प्रती साँचो माया गर्ने मान्छेहरु को खोजी गर्दै छु |
म ति अमर प्रेमीहरुको जोडी होइन 
म ति अमर शहीद र भावी देशभक्ती जोडीहरुको खोजी गर्दै छु |
म माया प्रिती मा धोका दिने धोकेवाज होइन 
म मेरो देश नेपाल लाई धोका दिने धोकेवाज को खोजी गर्दै छु |
म देशका ति रखौटेहरुले हिनाविना गरेको हिसाब-किताब होइन 
म यतिबेला ति वीर शहीद ले बगाएका थोपा-थोपा रगत को हिसाब खोजी गर्दै छु | 
म माया प्रिती का कथा-ब्यथाहरु होइन 
म यती बेला प्रदेशमा बसेर स्वदेशको पिडा र ब्यथा लेख्दै छु |