खिलराज रेग्मी मंसिरमा पनि संविधानसभाको निर्वाचन नगरी राष्ट्रसंघलाई जिम्मा लगाउने दिशामा अघि बढेको एमाले आरोप

ललितपुर  । नेकपा एमालेका सचिव शंकर पोखरेलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी मंसिरमा पनि संविधानसभाको निर्वाचन नगरी राष्ट्रसंघलाई जिम्मा लगाउने दिशामा अघि बढेको बताएका छन् ।

 

प्रेस चौतारी, ललितपुर शाखाको तेस्रो अधिवेशनको उद्घाटन गर्दै पोखरेलले निर्वाचन अध्यादेशमा सहमति जुटाउनुको साटो सरकारले डेढ महिनादेखि कानून रोक्ने काम गरिरहेको आरोप लगाए ।

नेपालमा दल मात्रै होइन प्रधानन्यायाधीश समेत असफल भएको भन्दै राष्ट्रसंघ मार्फत चुनाव गराउने खेलमा सरकार अघि बढेको उनको भनाई थियो ।
 
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिमिल्सना लगायतले मुलुकका पत्रकारहरु पेशागत र भौतिक रुपमा असुरक्षित भएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।


कार्यक्रममा ललितपुरमा लामो समय पत्रकारितामा लागेका पत्रकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।


रासस