ढाकावाङमा भागवण्डाले शिक्षक नियुक्तिमा ढिलाई, विद्यार्थीहरुद्धारा विद्यालयमा तालाबन्दी

– कृष्ण खनाल 



बुटवल  । अर्घाखाँची जिल्लामा शिक्षक दरबन्दी मिलानपछी रिक्तभएको शिक्षक कोटामा शिक्षक नियुक्ति नगरिएको विरोधमा विद्यार्थीहरुद्धारा एक विद्यालयमा तालाबन्दी गरिदिएका छन । अर्घाखाँची जिल्लाको ढाकावाङ  गाविस वार्ड नम्बर ३ पिपलनेटामा रहेको विश्व उच्च माविका विद्यार्थीहरुले शैक्षिक शत्र सुरुभएको करिव ३ महिना वित्दा समेत विज्ञान, गणित र नेपाली विषयको पढाई नभएको कारण विद्यार्थीहरुले मंगलबार देखि विद्यालयको कार्यालयमा ताला लगाएका हुन् । 



शिक्षक दरबन्दी मिलाल पछी मावि तहका २ जना गणीत र विज्ञान विषयका शिक्षकहरु सरुवा भएर गएको र नेपाली विषय अध्यापन गराउने शिक्षक पनि पहिलानै सरुवा भएर गएको कारण ३ जना शिक्षकहरुको दरवन्दी खाली रहेको थियो । 



विद्याय व्यवस्थापन समितिका अध्यक्ष कविराम खनालले करिव डेढ महिना अगाडी देखि नै विज्ञापन गरिएकोमा निवेदनहरु समेत परेका थिए । शिक्षकहरु खुला प्रतिष्पर्थाबाट नियुक्ती गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निर्णय  गरेको भएपनि  विभिन्न राजनीतिक दलहरुले आफ्नो पार्टी निकटको शिक्षक नियुक्ति गर्नुपर्ने  भन्दै शिक्षक नियुक्तिमा ढिलाई भएको जनाइएको छ ।  



विद्यायमा परिक्षा गराउनको लागि जिल्ला शिक्षा कार्यालयले पनि असहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराम खनालले बताए । उनले आईतबार सम्मम  जसरी भएपनि विद्यालयमा शिक्षक नियुक्ति गर्ने र पठनपाठन सहजरुपमा सुरु गरिने समेत प्रतिवद्धता जारी गरे । बुटवल टुडे संगको कुराकानीमा  उनले भने

अन्य समाचारहरु