बेलायतले बंगलादेशको गार्मेन्ट कारखानालाई प्रशिक्षण दिन १ करोड ८० लाख पाउन्ड बराबरको अनुदान दिने

बंगलादेश  । बेलायतले बंगलादेशको गार्मेन्ट कारखानामा कार्यरत कामदारलाई प्रशिक्षण दिन १ करोड ८० लाख पाउन्ड बराबरको अनुदान दिने भएको छ । 



बंगलादेशको राजधानी ढाकामा रहेको गार्मेन्ट कारखानामा भएको आगलागीमा १ हजार भन्दा वढीको मृत्यु भएपछि बेलायत सरकारले गार्मेन्ट कारखानाका कामदारलाई प्रशिक्षण दिन अनुदान सहयोग दिन लागेको हो । 



बेलायतका अन्तराष्ट्रिय बिकास मन्त्री एलेन डन्कनले आगलागीमा घाइते भएकाहरुलाई भेटेपछि बेलायत सरकारले अनुदान सहयोग उपलब्ध गराउने जानकारी दिनु भएको हो । 



कामदारलाई बेलायतकै बिशेषज्ञले पनि प्रशिक्षण दिने वताइएको छ ।



agencies