वासिङटन । अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एक भवन भत्कँदा ६ जनाको मृत्यु भएको छ ।
स्यान्डवीच पसलदेखि सेनाका सामग्रीको स्टोर रहेको उक्त चार तले भवन भत्कने समयमा पसलका कामदारबीच भागदौड मच्चिएको थियो ।
भवनको संरचना पुरानो भएका कारण भत्कने सम्भावना रहेको भन्दै सरकारलाई सचेत तुल्याइएको भवनका कामदारहरुले बताएका छन् । घटनामा १३ जना घाइते भएका छन् ।
agencies