न्यूर्योक । चीनका राष्ट्रपति सी जीनपिङ दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन् । अमेरिका र चीनबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ जीनपिङ अमेरिका पुगेका हुन् ।
भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा र सी जीनपिङबीच ईरान र उत्तर कोरियाको परमाणु संयन्त्रबारे कुराकानी हुने बताइएको छ ।
ईरान र उत्तर कोरिया मुद्दामा आफूहरुलाई सघाउन ओबामाले आग्रह गर्ने बताइएको छ ।
दु्ई नेताबीच सिरियाको जारी संघर्ष नियन्त्रणको सम्भावित उपायबारे पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी