मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी – चार दलका शीर्ष नेताहरु चुनाव गर्न आवश्यक पर्ने निर्वाचन ऐनलाई अन्तिम टुंगो लगाउने प्रयासमा

काठमाडौं  । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग चार दलका शीर्ष नेताहरुले अहिले रेग्मी निवास बालुवाटारमा छलफल गरेका छन्।

 

आगामी संविधानसभा चुनाव गर्न आवश्यक पर्ने निर्वाचन ऐनलाई अन्तिम टुंगो लगाउने प्रयास भएको थियो।



आज निर्वाचन ऐनमा रहेका दलीय विवाद अन्त्य गरी चुनावको मिति घोषणा हुन सक्ने नेताहरुले बताएका थिए ।

 

हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा दलहरुबीच विवादित विषयमा सहमति जुट्न नसकेपछि आज अध्यक्ष रेग्मीसँग बसेर निकास निकाल्न खोजिएको हो ।



RSS