अमेरिका राष्ट्रपति बाराक ओबामाद्धारा शान्तिपूर्ण रुपमा चीनको विकास भैरहेकोमा स्वागत

अमेरिका  । अमेरिका राष्ट्रपति बाराक ओबामाले शान्तिपूर्ण रुपमा चीनको विकास भैरहेकोमा स्वागत गर्नु भएको छ । अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङसंग क्यालिफोर्नियामा भएको भेटवार्तामा ओबामाले सी राष्ट्रपति भए लगत्तै आपसी भेटवार्ता तय हुनुले दुई मुलुकको सम्बन्धको महत्व दर्शाउने बताए । 
उनले अमेरिका र चीनले साइवर सुरक्षाका विषयमा मिलेर काम गर्नु पर्नेमा जोड दिए । भेटवार्तामा ओबामाले दुई मुलुकबीच तनाबका विषय , उत्तर कोरियाको आणविक महत्वाकांक्षा लगायतका विषय समेत उल्लेख गनु गरेका छन् । । चिनियाँ राष्ट्रपति सीले आफुहरुबीच दुई मुलुकको भावी सम्बन्ध र योजनाको रुपरेखा तयार पार्न भेटवार्ता भएको जानकारी दिए । उनले पछिल्लो समय अमेरिकाले आफ्नो प्रभाव बढाउंदै लगेको विशाल प्यासिफिक क्षेत्रमा अमेरिका र चीन जस्ता ठूला मुलुकका लागि प्रयाप्त स्थान रहेको पनि बताए ।
 दुई नेताबीचको भेटवार्ता आपसी मतभेद कम गर्ने र नयां सम्बन्ध विकसित गर्ने दिशामा महत्वपूर्ण हुने बताइएको छ । गत मार्चमा सी राष्ट्रपति चुनिएपछि दुई नेताबीच यो पहिलो भेटवार्ता हो । यता अमेरिकी सांसद र मानवअधिकारवादी समुहहरुले सीसंगको कुराकानीमा ओबामाले चिनियाँ कारागारमा रहेका १६ जना उच्चतहका बन्दीहरुको रिहाईको विषयमा कुरा उठाउन माग आग्रह गरेका छन् ।
agencies