काठमाडौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले दलहरुलाई आफ्ना विवाद भोलीसम्म टुंग्याउन समय दिएका छन् । आज चार दलका शीर्ष नेतासँग छलफल गर्दै भोलिसम्म सबै विषयमा सहमति गर्न आग्रह गरेका हुन् ।
संविधानसभा चुनावका लागि आवश्यक पर्ने निर्वाचन ऐनलाई अन्तिम टुंगो लगाउन आफ्नै निवास बालुवाटारमा विहान चार दलका नेतासँग भएको छलफल टुंगोमा पुग्न नसकेपछि रेग्मीले यो म्याद दिएका हुन् ।
नेताहरुले भने निर्वाचन ऐन, थ्रेसहोल्डलगायतका बिषयमा छलफल भएपनि टुंगोमा पुग्न नसकेको प्रतिक्रिया दिए । कांग्रेस र एमालेले कम्तिमा एक प्रतिशत भएपनि थ्रेसहोल्ड राख्नुपर्ने र माओवादी र मधेशी मोर्चाले राख्नै नहुने अडान दोहो