वर्तमान सरकार विघटन गरी देशभक्तहरुको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने नेकपा

बनेपा – नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरकार विघटन गरी देशभक्तहरुको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने बताएका छन् । 


नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाकोले गरेको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै महासचिव थापाले देशभक्तहरुको आन्दोलनले निकट भविष्यमै गति लिने दावी गरे  ।


थापाले सुगौली सन्धिदेखि नै देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको बताउँदै त्यसको समाधान खोज्न युवा वर्ग अघि सर्नुपर्ने बताए । भेलामा देशभरबाट झण्डै २५० तामाङ युवाको सहभागिता रहेको छ ।

रासस