– उमाकान्त पाण्डे गाउंले
सम्युत्त अरब एमिरेट्स युएईमा रहेका अर्घाखाँची बासीहरुको साझा सस्था अर्घाखाँची संपर्क समितिको साधारण भेला हुने भएको छ । समितिले आफ्ना क्षेत्रहरु बिस्तार गर्नुका साथै आउने दिनहरुको कार्यतालिका बनाउने हिसाबले जुन १४ तारिक शुक्रबारका दिन दुबइमा साधारण भेला गर्न लागेको हो ।
शुक्रबारे छुट्टीको अबसर पारेर साधारण सभा आयोजना गर्न लागिएको हो ।
“अर्घाखाँची संपर्क समिति यूएई” यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु सगं सहकार्य गर्दै पछिल्लो थोरै समयमा स्थापित भएको छ । हामी सबै जिल्लाबासी दु:ख सुख मा एक हौ भन्दै स्थापना भएको सस्था अर्घाखाँची संपर्क समिति युएई यहाँ रहेका अन्य संघसस्था सग सहकार्य गर्दै सामाजिक काम गरिरहेको छ।
बैदेशिक रोजगार, व्यवसाय तथा अध्ययनको शिलशिलामा झोला बोकेर निस्किएका सबै जिल्ला वासीहरुलाई बिदेशमा रहदा भाईचराको सम्बन्ध राख्दै आफ्नो कला सस्कृति झल्किने प्रस्तुती समेत गर्दै आएको समितिले अझ प्रभावशाली बनाउन युएईमा रहेका सबै क्षेत्रमा रहेका अर्घेली बिच पुगेर आबश्यक सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि एक हुन संस्थाका अध्यक्ष राजु खडकाले अनुरोध गरेका छन । अर्घाखाँची बासीहरु आफ्नै गृह जिल्लाको सस्थामा आबद्दता नहुनु एक्लो हुनु भएकोले सामुहिक प्रयासका लागि एक जुट हुनुपर्ने उनको भनाइ छ ।
युएईका अन्य राज्यहरुमा क्षेत्रिय समिति गठन गरी युएईमा रहेका जिल्लाबासीलाई एक जुट गराउन नेपाली कार्यरत मजदुर क्याम्प सम्म पुगेर आफ्नो कार्य लाई निरन्तरता दिने समितिका महासचिव चिरन केसीले बताए ।
भेला १४ तारिक दिउस २ बजे बाट दुबइमा रहेको सिन्ध पन्जाब रेस्टुरेन्टको सभाहलमा हुनेछ। कार्यक्रममा उपस्थित हुन समितिले अर्घाखाँची बाट यूएईमा आई कार्यरत रहेका सबैलाई अनुरोध गरेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।